FLASH NEWS
  • Loading...

समयमै निर्वाचन सम्पन्न गराउन एमालले जनदबाब सृजना गर्ने छः नेता खनाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको मेची–महाकाली अभियानले स्थानीय तहको निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

इलामको इरौँटारमा एमाले गाउँ कमिटीले आज आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा योगदान पु¥याउने योद्धा तथा वृद्धवृद्धालाई सम्मान’ कार्यक्रममा उहाँले भन्नुभयो–“ देशको आर्थिक विकास र लोकतन्त्रको खम्बा एमाले भएकाले अगामी निर्वाचनपछि मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्ने छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको वरिष्ठ नेता खनालले “सरकारले केही मुठ्ठीभरका व्यक्तिलाई खुसी पार्न स्थानीय तहको निर्वाचन घोषणा गरेकाले तोकिएकै मितिमा हुनेमा आशङ्का छ”, भन्दै “मुलुक निर्वाचनतर्फ अघि बढिसकेकाले जनदबाब सृजना गरेर भए पनि एमालेले स्थानीय तहको निर्वाचन गराएरै छाड्ने बताउनुभयो ।”

स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन सम्पन्न भएमा मात्र संविधान पूर्ण कार्यान्वयन हुने बताउँदै उहाँले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि केही व्यक्ति र समूहले यसलाई कार्यान्वयनमा आउन नदिन खोजेको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता खनालले संसद्मा पेस भएको संविधान संशोधन विधेयक एमालेले कुनै पनि हालतमा पास हुन नदिने बताउनुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित