FLASH NEWS
  • Loading...

मोरङमा माछा जोन कार्यक्रम सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail


मोरङमा माछा जोन कार्यक्रम सुरु भएको छ । कटहरी गाउँपालिकाको दर्बेशाका कृषकले समूह बनाएर माछापालन गर्ने पोखरी खनेर माछापालन सुरु गरेका छन् ।

जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख मनोज यादवका अनुसार प्रधानमन्त्री माछा जोन परियोजना, इकाई कार्यालय, विराटनगरले पोखरी खन्न अनुदान दिन बताएपछि कृषकले पोखरी खन्न सुरु गरेका हुन् । दर्बेशामा १६ जना किसानले समूह बनाएर आफूहरुले धान लगाउँदै आएको खेतमा पोखरी खनेर माछापालन गर्न थालेको सो समूहका सदस्य रत्न आचार्यले बताउनुभयो ।

प्रतिव्यक्ति १० हेक्टरको १६ पोखरी खन्ने काम भइरहेको उहाँको भनाइ छ । आचार्यले भन्नुभयो, “हामी सबैले कम्तीमा १० हेक्टरमा पोखरी खनेर व्यावसायिक माछापालन गर्ने योजनाका साथ काम भइरहेको छ ।”

जिल्ला कृषि विकास कार्यालय प्रमुख यादवले जिल्लामा पाँचसय हेक्टरमा व्यावसायिक माछापालन भइरहेको प्रधानमन्त्री माछा जोन कार्यक्रमअन्तर्गत थप पाँचसय हेक्टरमा माछापालन गर्ने योजनाअन्तर्गत काम भइरहेको बताउनुभयो ।

मोरङका माछापालक कृषकलाई गत वर्ष रु एक करोड ५० लाख अनुदान प्रदान गरिएको थियो । यो वर्ष पनि जिल्ला कृषि विकास कार्यालयबाट रु एक करोड ५० लाख विभिन्न अनुदान दिने कार्यक्रम रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित