FLASH NEWS
  • Loading...

रु आठ करोड लागतमा नहर निर्माण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail


नवलपरासीको देवचुली नगरपालिकामा निर्माण गरिएको टोक्रे नहरको निर्माण कार्य पूरा भएको छ ।

विश्व बैंकको करिब रु आठ करोड ६६ लाख कुल लागत तथा जनसहभागीतामा जिल्लामा ठूलो लगानीको नहर निर्माण कार्य पूरा भएको हो ।

जिल्लामै गण्डक नहरपछिको दोस्रो ठूलो टोक्रे नहरको निर्माण आयोजनाको कार्य पूरा भएको सिँचाइ विकास डिभिजन कार्यालय नवलपरासीका प्रमुख चूडाराज ढकालले बताउनुभयो ।

यस नहरबाट देवचुली नगरपालिकाका उत्तर भेगका रामबास, मुढाबास, तीनघरे, विशालटार, मुण्डे, आँपटारीका स्थानीयले सिँचाइको सुविधा पाउनेछन् ।

वर्षायाममा उक्त नहरमा अनेकौँ समस्या निम्तिने गरेकाले २०७१ सालदेखि पुनः उक्त नहरलाई व्यवस्थित बनाउन थालिएको थियो । नहर निर्माण सम्पन्न भएपछि यहाँको ६५० हेक्टर जमिन सिञ्चित हुने निर्माण समितिका अध्यक्ष बालनन्द अर्यालले बताउनुभयो ।

ठूलो लगानीको नहर निर्माण भएपछि हिउँदमा पनि सिँचाइको सुविधा हुने र कृषि उत्पादन वृद्धि हुने भन्दै स्थानीय हर्षित बनेका छन् । नहरअन्तर्गत देवचुली–६ मा कृषि पाठशाला सञ्चालन गरिएको छ ।

यसबाट यहाँका महिला कृषि उत्पादनमा पनि लागेका छन् । नहर नहुँदा यहाँका स्थानीयको खेतीयोग्य जमिन हिउँदमा बाँझै हुने गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित