FLASH NEWS
  • Loading...

लोकतान्त्रिक प्रक्रियामा आएर सबैले चुनावमा भाग लिनुर्पछ ः महासचिव पोखरेल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

सिन्धुली, १५ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले ‘प्रधानमन्त्रीले तयारीबिना चीन भ्रमण गरेकाले’ भ्रमण उपलब्धिविहीन भएको बताउनुभएको छ ।
बुधबार महोत्तरीमा हुने २ नं प्रदेशस्तरीय कार्यकर्ता भेलामा सहभागी हुन जाने क्रममा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको भेटघाटका क्रममा उहाँले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएका सम्झौताको पूर्ण कार्यान्वयन नहुँदा चीन नेपालप्रति सन्तुष्ट नभएको विचार व्यक्त गर्नुभयो ।
अर्काे प्रसङ्गमा उहाँले निर्वाचन सफल हुन लागिरहेका अवस्थामा सबै दललाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै जनताको संविधान कार्यान्वयनको पाटो स्थानीय तहको निर्वाचन भएकाले लोकतान्त्रिक विधि र प्रक्रियामा आएर सबैले चुनावी प्रक्रियामा भाग लिनुपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित