FLASH NEWS
  • Loading...

पचास प्रतिशत महिलाको उम्मेदवारी हुनुपर्छःडा यादव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


बनेपा, १६ चैत । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुुझाव दिनुभएको छ ।
निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उहाँले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक छ भन्नुभयो । डा यादवले राजनीतिक दलले जसरी पनि चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनका सबै प्रक्रिया र चरणमा महिलाको समान पहुँच आवश्यक भएको बताउनुभयो । काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडाले लोकतन्त्रलाई जीवन्त राख्न आवधिक निर्वाचन आवश्यक भएकामा जोड दिनुभयो ।

निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जिल्लाबाट कम्तीमा दुई सय ७० महिला र ३२ दलित तथा अल्पसङ्ख्यक निर्वाचित हुने जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने सो अभिमुखीकरणमा सैद्धान्तिक विषय, नमुना मतदान र अभ्यासबारे सहभागीलाई जानकारी दिइनेछ । विभिन्न क्षेत्रबाट करिब ६५ जनाको अभिमुखीकरणमा सहभागिता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित