FLASH NEWS
  • Loading...

संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन– नेता खनाल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

बर्दिवास, १६ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु अहिलेको मुख्य कार्यभार रहेको बताउनुभएको छ ।

आज महोत्तरीको बर्दिवासमा नेकपा (एमाले) प्रदेश नम्बर २ द्वारा आयोजित भेलाको उद्घाटन गर्दै पूर्व प्रधामन्त्रीसमेत रहनुभएका नेता खनालले सफल निर्वाचनले मात्र लोकतान्त्रिक संविधानलाई संस्थागत र सुदृढ बनाउने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता खनालले अहिले संविधान संशोधन नभई संविधान कार्यान्वयनको आवश्यकता रहेको बताउनुभयो । अर्का नेता माधवकुमार नेपालले मधेसी मोर्चाले आफ्नो दलका शान्तिपूर्ण कार्यक्रमलाई बिथोल्ने, जनधनको क्षति गराउने फाशिष्ट शैली अप्नाएका र सत्तासाझेदार काँग्रेस र नेकपा माओवादी केन्द्र त्यसको साक्षी बस्ने गरेको आरोप लगाउनुभयो ।

महासचिव ईश्वर पोखरेलले अब आफ्नो दल मोर्चाको निषेधबिरुद्ध शान्तिपूर्ण गतिविधि लिएर जनताबीच जाने बताउनुभयो । आज सुरु भएको भेला बिहीबार समापन गर्ने हुने प्रदेश नंं २ का सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिनुभयो । भेलामा आठ जिल्लाका दुई हजार अगुवा नेता कार्यकर्ता सहभागी छन् । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित