FLASH NEWS
  • Loading...

रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


तिलोत्तमा (रुपन्देही), १८ चैत । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुु रोगका बिरामी यहाँ गत वर्षभन्दा बढेका छन् ।

गत आव २०७२÷७३ मा सातजना डेङ्गु रोगका बिरामी रहेकामा यो आवमा जिल्लामा एकसय ६१ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिनुभयो ।

सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ९० जना विरामी रहेका छन् । देश तथा विदेशमा महामारीका रुपमा छिमेकी जिल्ला तथा भारतमा पनि यस रोगको महामारी भएका कारणले पनि यो रोगका बिरामी यो वर्ष बढेको अुनमान जिल्ला जनस्वास्थ्य कार्यालय रहेको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्येको मलेरिया रोगका बिरामी भने गत आवको तुलनामा कम रहेका छन् । गत आवमा एकसय नौजना बिरामी रहेकामा यस वर्ष ४५ जना मात्र मलेरिया रोगका बिरामी रहेका छन् ।

लामखुट्टेको टोकाइबाट मलेरिया, डेङ्गुु, हात्तीपाइले र पहेँलो ज्वरोलगायत रोग लाग्दछन् । जिल्लामा हात्तीपाइले र जन्डिस रोगका बिरामी नरहेको पनि जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

डेङ्गु रोग लागेमा डेङ्गु ज्वरोमा अत्यधिक १०३÷४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, छालामा रगत जमेका राता खटिरा देखिने गर्दछन् ।

यो रोग एक वर्षभन्दा मुनिका बच्चा र ६० वर्षमाथिका वृद्धवृद्धा, मोटोपन भएका व्यक्ति, गर्भवती महिला, पेप्टिक अल्सर भएका, जन्मजात मुटुका रोगी, मधुमेह, उच्च रक्तचाप, मिर्गौला खराब भएका दीर्घरोगी उच्च जोखिममा पर्दछन् ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका फिजिसियन डा नन्दु पाठकले डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्ने बताउनुभयो ।

दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । त्यसैले पानी जम्न सक्ने भाँडालाई छोपेर राख्नुपर्दछ । थोरै र सफा पानी जम्न सक्ने भाँडामा पानी जम्न दिनु हुँदैन । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित