FLASH NEWS
  • Loading...

दुर्घटनामा पाँच जनाको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


नवलपरासी, १९ चैत । नवलपरासीमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ट्रक र बस ठोक्किँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मध्यविन्दु– ७ मा रहेको ४० किलो जंगलमा शनिबार बिहान साढे २ बजे बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वका लागि छुटेको ना ४ ख ४९९५ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रक ठोक्किएका थिए । प्रहरीका अनुसार बसमा रहेका ४ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा ज्यान गुमाएका ५ जनामध्ये चारको मात्र सनाखत भएको छ ।

मृत्यु हुनेमा दाङका १६ वर्षीय बलीराम चौधरी, १७ वर्षका वीरवल चौधरी, सुर्खेतका ४० वर्षीय हरिराम जालीमगर र भारतीय ट्रक चालक बिहार बर्गदवाका २५ वर्षीयको रियाज खान रहेका छन् । घाइते पाँच जनाको मध्यविन्दु सामुदायिक स्मृति अस्पतालमा उपचार भैरहको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित