FLASH NEWS
  • Loading...

पूर्वप्रधानमन्त्री डा भट्टराई प्रहरी नियन्त्रणमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

lgafrg cfof]u cufl8 k|bz{g
;/sf/n] r’gfj lrGx glbPsf] lj/f]wdf cfOtaf/ sf7df8f}Fsf] lgjf{rg cfof]u cufl8 k|bz{gdf pq]sf a]nf kqmfp k/]sf k”j{ k|wfgdGqL Pjd gofF zlQm kf6L{ g]kfnsf ;+of]hs 8f= afa’/fd e§/fO{sf ;fydf ;dy{sx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;


काठमाडौँ, २० चैत । आफूले मागेको चुनाव चिन्ह नदिएको भन्दै निर्वाचन आयोगको कार्यालय घेर्न पुगेको नयाँशक्ति नेपाललगायत राजनीतिक दलका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले आयोग परिसरबाट नयाँ शक्तिका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा ९क्रान्तिकारी माओवादी०का उपाध्यक्ष सिपी गजुरेल, सांसद गङ्गा चौधरीलगायतका नेतालाई नियन्त्रणमा लिएको हो । उहाँहरुलाई महानगरिय नगर प्रहरी कार्यालय भुकुटीमण्डपमा राखिएको छ । निषेधित क्षेत्र तोड्न खोजेकाले उहाँहरुलाई नियन्त्रणमा लिएको महानगरिय प्रहरी प्रभाग दरबारमार्गले जनाएको छ ।

पूर्वप्रधानमन्त्री डा भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले आयोग परिसरमा धर्नामा बसेका नेता तथा कार्यकर्तालाई प्रहरीले बिनाकारण नियन्त्रणमा लिएको आरोप लगाउनुभयो । आयोग परिसरमा प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेल हुँदा केही प्रदर्शनकारी र केही प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

नयाँ शक्तिले आफूहरुलाई चुनाव चिन्ह ‘आँखा’ दिनुपर्ने माग गर्दै आएको छ । तर आयोगले भने संसद्मा रहेका दललाई वरियतामा अगाडि राखेर पहिले प्रयोग गर्दै चुनाव चिन्ह दिने र अन्यलाई भने आयोगले नै चुनाव चिन्ह दिने जनाउँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित