FLASH NEWS
  • Loading...

डोटी सदरमुकाममा आगलागी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail


डोटी, २० चैत । डोटीको दिपायलस्थित पिपल्ला बजारमा रहेको जेबी आयल स्टोरमा आज आगलागी भएको छ ।

पेट्रोल पम्मबाट सुरु भएको आगलागी सल्केर आसपासका चार वटा पसलसमेत नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायब निरीक्षक डिलबहादुर कँुवरले प्रकाश कपडेलको नाममा रहेको उक्त आयल स्टोर आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिनुभयो ।
यस्तै आगलागीबाट सुरज सोपको शैलेश्वरी सुनचाँदी पसल, वासुुदेव गौतमको शैलेश्वरी अपसेट प्रेस र लोकेन्द्र विष्टको चिया पसलसमेत जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकको कार्यालयमासमेत आगलागीबाट सामान्य क्षति पुगेको छ ।

स्थानीय बासिन्दाका सहयोगमा दिपायल सिलगढी नगरपालिकाको वारुण यन्त्र, सेना, प्रहरी र सशस्त्र प्रहरी संयुक्त प्रयासमा सो आगलागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको तथा यसबाट भएको क्षतिको यर्थात् विवरण आउन बाँकी रहेको डोटीका प्रहरी उपरीक्षक दिल्लीराज विष्टले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित