FLASH NEWS
  • Loading...

काँग्रेस सभापति देउवाविरुद्ध रिट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० चैत । अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ ।

अधिवक्ता हरिप्रसाद मैनालीले आज काँग्रेस सभापति देउवा र नेपाली काँग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराउनुभएको हो । सभापति देउवा र केन्द्रीय समितिलाई अदालतको अपहेलना गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै उहाँले निवेदन दर्ता गराउनुभएको हो ।

उहाँले सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबारेको फैसलाउपर काँग्रेस केन्द्रीय समितिले अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णयले अदालतको अपहेलना गरेकाले निवेदन दर्ता गराएको जानकारी गराउनुभयो । केही दिनअघि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित