FLASH NEWS
  • Loading...

संविधान संशोधन नभएसम्म निर्वाचन हुन सक्दैनः अध्यक्ष यादव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail


लहान, २२ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

सङ्घीय समाजवादी फोरम सिरहाद्वारा आज लहानस्थित पशुपति माविको प्राङ्गणमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यथास्थितिमा चुनाव हुनै नसक्ने र जर्बजस्ती गरिए मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो ।

अध्यक्ष यादवले जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या निर्धारण, राष्ट्रियसभाको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुखले मत हाल्न पाउने व्यवस्था खारेजी तथा विशेष, संरक्षित र स्वायत्त क्षेत्रको व्यवस्थासहित मधेसी मोर्चाले उठाएका माग सम्बोधन हुनेगरी संविधान संशोधन नभएसम्म चुनाव हुन सक्दैन भन्नुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “संविधानमै भएको व्यवस्थालाई समेत मिचेर दलीय भागबण्डाको आधारमा स्थानीय तह कब्जा गर्ने षड्यन्त्रअनुसार चुनावको हल्ला गरिँदैछ, त्यो हामी मान्दैनौँ ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित