FLASH NEWS
  • Loading...

कर्णालीलाई टेलिफोन माग्दा साँसदहरु भागाभाग गरे- मन्त्री सिंह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

काठमाडौ/ विज्ञान तथा प्रविधि मन्त्री प्रमबहादुर सिंहले नीतिगत कमजोरीका कारण देशमा विज्ञान तथा प्रविधिको विकास हुन नसकेको बताएका छन् ।
‘जब हामी विकासलाई दीगोमा अघि र्सार्न सक्दैनौ, त्यो नै विज्ञान र प्रविधिको चुनौति हो’ .शिखर नेपालद्धारा बुधवार आयोजित ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा अवसर, संभावना र चुनौति’ बिषयमा बोल्दै मन्त्री सिंहले भने यो क्षेत्रलाई राज्यले इगनोर गरेको छ ।’

मन्त्री सिंहले २०४८ सालमा आफूले कर्णालीलाई टेलिफोन माग्दा तत्कालीन नेपाली काँग्रेस सरकारले त्यसलाई अस्वीकार गरेको स्मरण गराए । ‘त्यसबेला मैले कर्णालीका पाँच जिल्ला सदरमुकाममा एक/एक लाइन टेलिफोन दिइयोस् भनेर संसदमा बोल्दा तत्कालीन सरकार र नेपाली काँग्रेसका साँसदहरुले त्यो प्रस्तावलाई फिर्ता लिन आग्रह गरे, प्रस्तावमा मतदान हुँदा प्रस्तावकाे समर्थन नजनाउने साँसदहरु भागाभाग गरे’ उनले भने- ‘म अहिले पनि राजनीतिमा त्यही कर्णालीबाट प्रतिनिधित्व गर्छु, अहिले त्यही कर्णालीको भेडीगोठबाट मन्त्री ज्यू आरामै हुनुहुन्छ भनेर फोन आउँछ ।’  मन्त्री सिंहले नेपालले प्रविधि विज्ञ जन्माएको तर उनीहरुलाई उपयोग गर्न नसकेको उल्लेख गरे ।

‘कार्यक्रममा प्रविधि विज्ञ प्रा.डा नन्दबहादुर सिंहले नेपाल प्रविधिको क्षेत्रमा कमजोर नभएको बताए । ‘हाम्रा इन्जिनियरिङ क्याम्पसमा अध्ययरत विद्यार्थीहरु रोबर्ट समेत बनाउने सक्ने अवस्थाका छन, बनाइरहेका पनि छन’ उनले भने – तर उनीहरुको क्षमताको उपयोग राज्यले गर्न सकेको छैन ।’
प्रा.डा. अन्जना सिंहले सरकारले विज्ञान तथा प्रविधिलाई महत्व नदिएको उनले बताए । ‘यो क्षेत्रमा बजेट अत्यन्तै न्यून छुट्याइन्छ’ उनले भनिन- विज्ञान तथा प्रविधि क्षेत्रको बजेट कुल बजेटको एक प्रतिशत पनि छैन ।’ प्रा.डा जगतबहादुर श्रेष्ठले विज्ञान तथा प्रविधि क्षेत्रको महत्व बारेमा प्रकाश पारे ।
अमेरिकाको क्यलिफोर्नियामा सफ्टवयेर क्षेत्रकाे विकासमा कार्यरत प्रविधि विज्ञ शंकर के.सीले सफ्टवयरमा नेपाल अत्यन्त्ै पछाडि रहेको बताए । सफ्टवयेरको विकासमा आफू सरकारसँग सहकार्य गर्न इच्छुक रहेको समेत उनले बताए । कार्यक्रममा टेलिभिजन कार्यक्रम प्रस्तोता रामहरि कोइरालाले विज्ञान तथा प्रविधि क्षेत्रका बिषय वस्तु सञ्चार माध्यमको प्राथमिकतामा आउन नसकेको बताए । कार्यक्रम शिखर नेपालका अध्यक्ष शेखर खनालको सभापतित्वमा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित