FLASH NEWS
  • Loading...

संविधान संशोधनबिना चुनाव असम्भव : अध्यक्ष यादव

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


इनरुवा, २३ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनबिना चुनाव सम्भव नरहेको बताउनुभएको छ ।

सुनसरीको भोक्राहा गाउँपालिकाअन्तर्गत नरसिंहमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले अहिलेको आवश्यकता संविधान संशोधन र त्यसपछि प्रान्तीय चुनाब गरेर स्थानीय तहको चुनाव गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

संविधानको कार्यान्वयन गर्नेबाटै संविधान उल्लङ्घन भएको टिप्पणी गर्दै उहाँले मुलुकको निकास र विकासका लागि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र तथा स्थानीय तह निर्धारण गर्नुपर्ने, संविधानको धारा २७४ खारेज गर्नुपर्ने, चुनावको लागि सीमाङ्कनसहितको संविधान संशोधन गर्नुपर्ने माग गर्नुभयो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित