FLASH NEWS
  • Loading...

कोलम्बियामा मृत्यु हुनेको सङ्ख्या २९०

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

मोकोआ (कोलम्बिया), २३ चैत । दक्षिणी कोलम्बियामा बाढी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या बुधबार सम्म २९० पुगेको छ ।

खोजी तथा उद्धारकार्य जारी रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले बताएका छन् । भीषण वर्षापछि मोकोआ क्षेत्रमा शुक्रबार आएको पहिरोमा परी अरु ३३२ जना घाइते भएका छन् ।

गत शुक्रबार मोकोआका तीन ओटा नदिमा ठुलो बाढी आएको थियो भने बाढीले ठुलो मात्रामा ढुङ्गा, माटो, रुख बगाउनुका साथै विशाल पहिरो गएको थियो ।

सरकारी तथ्याङ्कअनुसार मोकोआमा झन्डै ७० हजार जनसङ्ख्या रहेको थियो । ती मध्ये झन्डै ४५ हजार जना अहिलेको बाढी पहिरोबाट पीडित भएको रेडक्रसले जनाएको छ । चोरी तथा लुटपाटका घटना बढ्न सक्ने भएकाले त्यसका लागि पनि सुरक्षाकर्मी परिचालन गरिएको कोलम्बिया सरकारले जनाएको छ ।

बाढीग्रस्त क्षेत्रमा विद्युत वितरणका संरचना फेरी बनाएर विद्युत सुचारु गर्न अझै केही दिन लाग्ने स्थानीय अधिकारीहरुले बताएका छन् । स्वास्थ्यकर्मीहरुले बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगहरुको प्रकोप फैलिन सक्ने भएकाले पूर्व सतर्कता अप्नाउन आह्वान गरेका छन् । प्रकोपग्रस्त मोकोआलाई कोलम्बिया सरकारले स्वास्थ्य, खानेपानी तथा सरसफाइ र आर्थिक सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बाढीपीडितका लागि पुनःनिर्माणको काम तत्काल सुरु हुने राष्ट्रपति जोन म्यानुअल सान्तोषले बताउनुभएको छ । आगामी जुन महिनासम्म वर्षा भइरहन सक्ने मौसम भएकाले फेरी यस्तै क्षती हुन सक्नेतर्फ उहाँले सचेत रहन आह्वान गर्नुभएको छ । सङ्कटग्रस्त क्षेत्रमा राष्ट्रपति सान्तोषले उद्धार तथा राहतका लागि निरन्तर चासो दिइरहनु भएको छ । अहिले बाढीपहिरोबाट पिडित व्यक्तिहरु झन्डै पाँच दशक लामो गृहयुद्ध र गरिविबाट पनि पीडित थिए । रासस÷एएफपी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित