FLASH NEWS
  • Loading...

इराकमा हवाई आक्रमण र भुकम्प, ३६ जनाभन्दा बढीको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail

टिक्रिट (इराक), २३ चैत । इराकको सलाउद्धिन प्रदेशमा पर्ने टिक्रिटमा इश्लामिक इस्टेट (आइएस) लडाकुहरुले गरेको हवाइ आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका छन् ।

मङ्गलबार राति आइएस लडाकुहरु सैनिकको पोशाकमा आएर आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन् । उनीहरुले सुरक्षा चेकप्वाईन्ट र त्यससँगै रहेका आमनागरिकहरुको घरहरुमा अक्रमण गरेका हुन् ।

इराकको राजधानी बगदाददेखि १७० किलोमिटर उत्तरतर्फ पर्ने टिक्रिटको पश्चिमी भागमा उनीहरुले अन्धाधुन्दा आक्रमण गरेको एक जना प्रहरी अधिकारीले बताएका छन् । भिडन्तमा परी मृत्यु भएका मध्ये कम्तीमा पाँच जना आइएस लडाकुहरु रहेका छन् । आक्रमणबाट पीडितमध्ये अधिकांश आम नागरिक र केही सुरक्षाकर्मी रहेका छन् । घाइतेहरु पनि अधिकांश आम नागरिक र सुरक्षाकर्मी नै रहेका छन् ।

सलाहुद्धिन प्रदेशका गभर्नरले भिडन्त भएको क्षेत्रमा बुधबार कफ्र्यु लगाइएको बताउनुभएको छ । यसैबीच, इराककै उत्तरपूर्बी खोराजान रजाभी प्रदेशमा भूकम्प आउदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार विहान १०.३९ बजे ६ म्याग्नीच्युडको भूकम्प गएको इराकको अर्धसरकारी समाचार संस्था आइएसएनएले जनाएको छ । भूकम्पको कम्पन सेफिड साङमा बढी महशुष गरिएको थियो ।

घटनास्थलमा उद्धारकर्ताहरुको टोली परिचान भइरहेको सरकारी टेलिभिजन आइआरआइबी टिभिले जनाएको छ । भूकम्पपछि त्यो भन्दा साना केही पराकम्पहरु पनि गइरहेको जनाइएको छ । भूकम्पका कारण विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ भने आम नागरिकहरु घरबाहिर खुल्ला ठाउँमा बसेका छन् । रासस÷सिन्ह्वा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित