FLASH NEWS
  • Loading...

निर्वाचनपछि संविधान कार्यान्वयनले पुर्णता पाउने : केन्द्रीय सदस्य बडू

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


भीमदत्तनगर, २४ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्वयन पूर्णता पाउने बताउनुभएको छ ।

नेपाली काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधानले कल्पना गरेको संरचनाअनुसार हुने निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

असन्तुष्ट सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चा र अन्य पक्षसँग वार्ता र संवादका माध्यमबाट सहमतिका लागि पहल भइरहेको बताउँदै उहाँले भन्नुभयो, “सबैलाई निर्वाचनमा सहभागी गराउन काँग्रेसले छलफल चलाइरहेको छ, मुलुकको समृद्धि र आर्थिक विकासका लागि काँग्रेस अभिभावकत्वको भूमिका निभाउन तयार छ ।” रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित