FLASH NEWS
  • Loading...

गृहमन्त्री निधिले भने, वरियतामा दोस्रो नम्बरमा नराखे राजीनामा दिन्छु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २४ चैत : उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले आफु मन्त्रिपरिषदको वरियतामा दोस्रो नम्बरमा नभए राजीनामा दिने बताएका छन् ।

बिहीबार दिउँसो कांग्रेसका तर्फबाट सरकारमा सहभागी १४ जना मन्त्रीलाई गृह मन्त्रालयमा बोलाएर निधिले संसदको सबैभन्दा ठूलो दलको हैसियसले आफुले प्रधानमन्त्रीपछिको दोस्रो वरियता पाउनु पर्ने दाबी गरेका हुन्।

‘सत्ता गठवन्धनको मुख्य हिस्सेदार दलकोतर्फबाट सरकारको नेतृत्व गरेकाले पनि मैले दोस्रो वरियता पाउनु पर्छ,’ निधिको भनाई उदृत गर्दै छलफलमा सहभागि एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘यदी मेरो वरियतामा तलमाथि भयो भने मैले राजिनामै गर्नुपर्ने हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई आफूपछिको दोस्रो वरियताको उपप्रधानमन्त्री बनाएपछि अर्का उपप्रधानमन्त्री निधिले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित