FLASH NEWS
  • Loading...

तोकिएको मितिमै निर्वाचन गर्नुपर्छ – सभामुख घर्तीमगर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २५ चैत । सभामुख ओनसरी घर्तीमगरले संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचन तोकिएको मितिमै गर्नुपर्ने बताउनुभएको छ ।

कानुन मित्र समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचन समस्या र समाधान’ विषयक अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयन गर्नका लागि निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभयो । सभामुख घर्तीमगरले भन्नुभयो, “संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन गर्नुको विकल्प छैन, त्यसका लागि दल मिलेर निर्वाचनमा जानुपर्छ ।”

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले सहमतिका साथ निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । निर्धारित मितिमै स्थानीय तहको निर्वाचन नगरे समस्या उत्पन्न हुने भएकाले निर्वाचन सहमतिका साथ समयमै गर्नुपर्ने उहाँको भनाइ थियो । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रघुजी पन्तले निर्धारित समयमै निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकार निर्वाचनबाट भाग्न नमिल्ने बताउनुभयो ।

नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले निर्वाचनप्रति आफ्नो पार्टी सकरात्मक रहेको तर सरकारले माग पूरा गरेर सहमतिका साथ काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य विक्रमबहादुर थापाले आफ्नो पार्टीको संविधानसँग असहमति भए पनि निर्वाचनमा जान कुनै पनि बाधा नगर्ने बताउनुभयो ।

गाउँपालिका, नगरपालिका, विशेष संरक्षित क्षेत्र सीमा निर्धारण आयोगका पूर्वअध्यक्ष बालानन्द पौडेलले संविधानले व्यवस्था गरेअनुसार राज्यको तीन तहको संरचना तयार गरिएको र निर्वाचन समयमै गरी संविधानको कार्यान्वयन गर्नुपर्ने भनाइ राख्नुभयो । समाजका सहसंयोजक डा कुमार शर्मा आचार्यले निर्वाचनको तयारी अगाडि बढिसकेकाले त्यससम्बन्धी समस्यालाई समाधान गरेर निर्वाचन निर्धारित मितिमै गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित