FLASH NEWS
  • Loading...

शिक्षण पेसा छाडेर तरकारी खेतीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

;”of{]bodf aGbfuf]eL v]tL
Onfdsf] ;”of{]bo gu/kflnsfsf ls;fgn] u/]sf] aGbfuf]eL v]tL . oxfFsf ls;fgn] t/sf/L v]tLaf6 dgUo] cfDbfgL ub{} cfPsf 5g . tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;


पाल्पा, २५ चैत । रामपुर नगरपालिका–१० गेझाका कृष्ण पाण्डे शिक्षण पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ ।

तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उहाँले शिक्षण पेसा छाडेर तरकारी खेती सुरु गर्नुभएको हो । विगत तीन वर्षयता उहाँले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आउनुभएको छ ।

किसान परियोजना पाल्पाले गाउँमै गएर व्यवसायमा प्राविधिक ज्ञान तथा विभिन्न सामग्री सहयोग गरेपछि उहाँले तरकारी खेती गर्ने अठोट गर्दै व्यवसाय चलाउनुभएको हो । आफ्नै १२ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाउनुभएको छ ।

उहाँले आधुनिक प्रविधिबाट प्लास्टिक टनेलभित्र काँक्रो, घिरौँला, बोडी, सिमी, लौका, फर्सी जातका तरकारी लगाउनुभएको छ । तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको पाण्डे बताउनुहुन्छ ।

“जागिरमा अर्काको बन्धनमा बाँधिनुपर्ने, व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उहाँले भन्नुभयो । बिक्री गर्न बजारको समस्या नभएको उहाँको भनाइ छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उहाँको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको पाण्डे बताउनुहुन्छ ।

तीन वर्ष अगाडिबाट व्यवसाय सुरु गर्नुभएका पाण्डे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिनुहुन्छ । यहाँ उत्पादन गरिएको तरकारी रामपुरको बेझाड तथा चापाकोट बजारमा बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । थोरै लगानीमा घरमै बसेर मनग्य आम्दानी लिन सकिने हुँदा अरुलाई पनि तरकारी व्यवसाय गर्न पाण्डेले सल्लाह दिँदैआउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित