FLASH NEWS
  • Loading...

अमेरिकाद्वारा सिरियामा मिसाइल आक्रमण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail

US Syria


दामस्कस (सिरिया), २५ चैत । अमेरिकाले सिरियामा शुक्रबार मिसाइल आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा चार जना सिरियाली सैनिकहरुको मृत्यु भएको अनुगमनकर्ताले जनाएका छन् ।

सिरियाली शासकविरुद्ध क्रुद्ध हुने क्रममा अमेरिकाले ५९ टोमाहक क्रुज मिसाइलले आक्रमण गरेको जनाएको छ ।

सिरियाली शासक बशर अल असद नेतृत्वको सरकारले रासायनिक हतियार प्रयोग गरी सर्वसाधारण विरुद्ध ज्यादति गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा मिसाइल आक्रमण भएको हो । राष्ट्रपति ट्रम्पले न्यायका लागि आक्रमण गरिएको बताउनु भएको छ ।

अमेरिकाले गत मङ्गलबार सिरियामा गरिएको रासायनिक आक्रमण गम्भीर भएको र यसको जवाफ त्यही अनुसार नै दिनुपर्ने प्रष्ट पारेको थियो । सिरियाले भने अमेरिकी आक्रमणको भत्सर्ना गरेको छ ।

रासायनिक आक्रमणमा २७ बालबालिकासहित थुप्रै सर्वसाधारण मारिएको समाचार विभन्नि सञ्चार माध्यमले दिइरहेका छन् ।

केही दिन अगाडि उत्तरी सिरियामा रासायनिक अस्त्रले हमला गर्न प्रयोग गरिएको भनिएको होम्स नगरमा रहेको सिरियाली हवाई अखाडालाई पनि क्षेप्यास्त्र प्रहारको निशाना बनाइएको छ । रासस÷एफपी÷सिन्ह्वा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित