FLASH NEWS
  • Loading...

फिलिपिन्समा भूकम्प

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


मनिला (फिलिपिन्स), २६ चैत । फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस)ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।

भूकम्पको धक्का राजधानी मनिला सहित वाताङ्गस मिन्डोरो र कालापानका अधिकाँश इलाकामा महसुस गरिएको थियो ।

समाचार तयार पार्दासम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन । तर लुजोन टापूमा भूकम्पपछि विद्युत प्रशारणमा अवरुद्धता आएको बताइएको छ । रासस÷सिन्ह्वा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित