FLASH NEWS
  • Loading...

मधेसी मोर्चा सहमत भए निर्वाचन दुई चरणमा गर्न सकिन्छ – सभापति देउवा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


धनगढी, २७ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा काँग्रेसले प्रजातन्त्र, सङ्घीयता, समावेशीता, राष्ट्रिय एकता मेलमिलाप, संविधान कार्यान्वयनजस्ता एजेन्डा लिएर जान लागेको बताउनुभएको छ ।

आइतबार कैलालीको अत्तरियामा हुन लागेको काँग्रेसको सात नं प्रदेशस्तरीय चुनावी आमसभालाई सम्बोधन गर्न आज यहाँ पुग्नुभएका सभापति देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा मधेसी मोर्चा निर्वाचनमा आउन सहमत भएमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताउनुभयो ।

सभापति देउवाले मधेसी दलहरुसँग छलफल भइरहेको र उहाँहरु सहमत भएमा मधेसका केही जिल्लामा दोस्रो चरणमा निर्वाचन गर्न सकिने बताउनुभयो ।

“वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने कुरामा ढुक्क हुनुहोस्, अब कुनै हालतमा निर्वाचन रोकिँदैन,” उहाँले भन्नुभयो । मधेस, पहाड र हिमालमा बस्ने सबै नेपाली भएकाले कसैको चित्त दुखाउने काम र व्यवहारले राष्ट्रियता बलियो नहुने उहाँको भनाइ थियो ।

नेकपा ९एमाले०ले जातीय र क्षेत्रीय द्वेष फैलाउन खोजेको देउवाको आरोप थियो । काँग्रेसले स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने उहाँले दाबी गर्नुभयो ।

पत्रकार सम्मेलनमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र कुनै पनि किसिमको विवाद तथा समस्या नभएको बताउनुभयो । पौडेलले भन्नुभयो – “पार्टी एकढिक्का भएर निर्वाचनमा जान्छ ।” उहाँले प्रदेश नं ७ बाट सुरु गरिएको चुनावी अभियान प्रदेश नं १ मा पु¥याएर टुङ्ग्याउने बताउनुभयो । ।

काँग्रेसले आइतबार अत्तरियामा आयोजना गर्न लागेको प्रदेशस्तरीय सभामा सहभागी हुनका लागि सभापति देउवा, वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायत नेता कैलाली पुगेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित