FLASH NEWS
  • Loading...

बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
बालिका बलात्कार अभियोगमा दुईजना जेल सजाय


गाईघाट (उदयपुर), २८ चैत । बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतबार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार जरिबानाको फैसला गरेको छ ।

यस्तै बालिका बलात्कार गरेको अभियोगमा नै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राई पनि आइतबार नै जिल्ला अदालत उदयपुरले आठ वर्षको जेलसजाय र रु १५ हजार दण्डजरिवाना गर्ने फैसला गरेको छ ।

पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त राई र पाठकलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र दण्डजरिवानाको फैसला गरेको जिल्ला अदालत उदयपुरका स्रेस्तेदार ऋतबहादुर मगरले बताउनुभयो ।

यस्तै राईलाई जिल्ला अदालत उदयपुरका जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेलसजाय र रु १५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ । पाठकलाई गत साउन १५ गते स्थानीय एक छिमेकी १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो भने राईलाई गत पुस २२ गते स्थानीय एक ९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित