FLASH NEWS
  • Loading...

एकै चरणमा निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३६ पटक पढिएको
एकै चरणमा निर्वाचन हुन्छ : प्रमुख निर्वाचन आयुक्त

हेटौँडा, ३० चैत । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते एकै चरणमा हुने र कुनै दलको दबाबमा निर्वाचन कार्यतालिका हेरफेर नहुने बताउनुभएको छ ।
निर्वाचन आयोगले आज हेटौँडामा आयोजना गरेको मकवानपुर र सर्लाही जिल्लामा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन सञ्चालन तथा प्रशिक्षण र व्यवस्थापन कार्यक्रम समापनपछि प्रमुख आयुक्त डा यादवले पत्रकारसँगको अन्तरक्रियामा उक्त कुरा बताउनुभएको हो ।

उहाँले प्रदेश नं २ मा पनि निर्वाचनको वातावरण तयार भइरहेको र मधेसी दल पनि निर्वाचनमा भाग लिन आन्तरिक तयारी गरिरहेको सूचना प्राप्त भएकाले प्रदेश नं २ मा निर्वाचन नहोला भन्ने आशङ्का नगर्न आग्रह गर्नुभयो ।

उहाँले तराईका अधिकांश जिल्लाबाट मतदान केन्द्रको सिफारिस भएर आइसकेकाले अब कुनै काम बाँकी नराखी तयारी भई देशभरि नै सात सय ४४ स्थानीय तहमा नै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकी सकेर प्रशिक्षण दिने कार्य भइरहेकाले मतदान स्वच्छ ,स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले पत्रकारको प्रश्नको जवाफमा संसद्ले पास गरेको स्थानीय तह निर्वाचन कानुनअनुसार नै संसद्मा प्रतिनिधित्व गर्ने दललाई चुनाव चिह्न प्रदान गर्ने अन्य दललाई स्वतन्त्र चिह्न प्रदान गर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित