FLASH NEWS
  • Loading...

राप्रपा संविधान संशोधन विधेयकको पक्षमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, ३१ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो पटक सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारीको बैठकले स्थानीय चुनावमा विभिन्न राजनीतिक दलसँग तालमेल गरेर पार्टीलाई विजय गराउन सम्बन्धित जिल्लालाई अधिकार प्रत्यायोजन गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले पार्टीको विधानबाट संवैधानिक राजसंस्था र हिन्दूराष्ट्र संशोधन गर्न यही चैत ४ गते गरेको निर्णयका विरुद्ध पार्टीले बुझाएको ध्यानाकर्षणका बारेमा अहिलेसम्म कुनै निर्णय नआएकाले आगामी वैशाख १ गते बस्ने बैठकले धारणा बनाउने निर्णय भएको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित