FLASH NEWS
  • Loading...

व्यवसायबाट जीवन गुजारा र संगीतबाट सन्तुष्टी मिलेको छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

राजकुमार देवकोटा

बि.सं २०३९ सालमा सिन्धुली जिल्लाको डाँडी गुराँसे– ६ मा जन्मनु भएका राजकुमार देवकोटा पेशाले रिकन्डशन अटो व्यवसायी हुनुहुन्छ । उहाँको काठमाडौ कलंकीमा डि.एन. अटो मोबाइल्स छ । त्यसको साथै उहाँ चर्चित कलाकार पनि हुनुहुन्छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘हर्के हवल्दार’मा उहाँले सुरुदेखि नेवारी भूमिका निर्वाह गर्दै आउनु भएको छ । त्त्यसको साथै उहाँ गीत संगीत क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । दुई वर्षअघि उहाँले ‘अंकुरण’ एल्बम बजारमा ल्याउनु भएको छ । गत शुक्रवार फेरि अंकुरण– २ आएको छ । प्रस्तुत छ उहाँसंँगको कुराकानी ः

अटो मोबाइल्स व्यवसायमा कहिलेदेखि लाग्नु भयो ?

मैले बि.सं २०५५ सालमा पञ्चकन्या मा.विबाट प्रवेशिका(एस.एल.सी) उत्तीर्ण गरे । विद्यालय तहको शिक्षा पार गरेपछि ‘अब केही गर्नुपछर्’ भन्ने लाग्यो । घरपरिवारले पनि आयआर्जन हुने केही व्यवसाय गर्न सुझाव दिइरहेका थिए । ‘थोरै लगानीमा निरन्तर आम्दानी गर्न के गर्ने होला ?’ भनेर लामो समय भौतारिइरहे । मेरो एक जना साथी अटो मोबाइल्स व्यवसाय संचालन गरिरहुनु भएको थियो । उहाँले मलाई पनि यही व्यवसाय गर्न सल्लाह दिनुभयो । त्यसपछि म यो व्यवसायमा लागे । यो पेशामा लागेको १० वर्ष भयो । अहिले काठमाडौको कलंकीमा डि.एन ्. अटो मोबाइल्स संचालन गरिररहेको छु ।

अटो मोबाइलबाट के के गरिरहनु भएको छ ?

हामीले बिशेष गरी गाडीको रिकन्डीशन संचालन गरिरहेका छन् । गाडी मर्मतदेखि किनबेचको काम भइरहेको छ ।

त्यसमा कति जनालाई रोजगारी दिनु भएको छ ?

डि.एन अटोमोबाइल्सले प्रत्यक्ष रुपमा अहिलेसम्म १५ जनालाई रोजगारी दिएको छ । अप्रत्यक्ष रुपमा धेरैले अवसर पाएका छन् ।

व्यवसायको अवस्था कस्तो छ ?

नेपालमा यतिखेर जुनसुकै व्यवसाय पनि खतरापूर्ण अवस्थामा छ । राजनीतिक अस्थिरताको असर सबै क्षेत्रमा परेको छ । बेला बखत भइरहने बन्द र हडतालको मार व्यवसायी र उपभोक्ताले बढी खेप्नु परेको छ । व्यवसायको हरेक क्षेत्रले अहिले हार खाएको अवस्था छ, तर पनि हामीले अवस्था सुध्रिएला कि भन्ने आशले व्यवसाय छोडेका छैनौ । ,चित्त दुखाएका छैनौ ।

कारोबार विगतको तुलनामा बढ्दो छ, घट्दो छ ?

हामी कहाँ गाडीको कारोबार घरजग्गाको कारोबारसँग जोडिएको छ । घर जग्गाको कारोबार बढ्दा गाडीको पनि कारोबार बढ्छ, घरजग्गाको कारोबार रोकिदा गाडीको किचबेच पनि सुस्ताउँछ । गाडीको कारोबार अहिले स्थिर छ । घरजग्गाको कारोबारमा केही महिना अघिदेखि मन्दी आएको छ । घरजग्गा कारोबारलाई अहिले राष्ट्र बैंकले नियन्त्रण गरेको छ । बैंकले लोन दिन छोडेको छ । कारोबारमा आर्थिक तरलता छ । त्यसको असर गाडी कारोबारमा पनि प¥यो ।

यहाँको भविष्यमा पनि यही पेशालाई निरन्तरता दिने योजना छ कि अन्य केही गर्ने सोच बनाउनु भएको छ ?

मैले कठीन परिस्थितिमा पनि यो व्यवसाय छोडिन । अहिले विगतको तुलनामा सुध्रिदै गएको अवस्था हो । भविष्यमा पनि यही पेशालाई नयाँ ढंगले संचालन गर्ने सोच बनाएको छु ।

प्रसङ्घ बदलौ यहाँ कलाकार पनि हुनुहुन्छ । व्यवसाय र कलाकारिता दुइ वटा क्षेत्रमा हात हाल्नु भएको छ । समय व्यवस्थापन कसरी गर्नु भएको छ ?

घर चलाउन केही त गर्नै प¥यो नी । तर घर जति ठूलो भए पनि आखिर सुत्ने त फेरि एउटै कोठामा हो । त्यही भएर म व्यवसायसँगै कलाकारिता क्षेत्रमा पनि लागेको हुँ । मलाई व्यवसायबाट रोजी रोटी, संगीतबाट आनन्द मिलेको छ ।

कलाकारितामा अहिले के गर्दै हुनुहुन्छ ?

२०६२ सालमा मेरो अंकुरण एल्बम आएको थियो । शुक्रवारबाट फेरि अंकुरण–२ बजारमा आएको छ । कान्तिपुर टेलिजिनबाट प्रसारित हुने ‘हर्के हवल्दार’मा मैले सुरुदेखि नै नेवारी भूमिकामा अभिनय गर्दै आएको छु । त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेको छु । त्यसको साथै कला अन्य विभिन्न ठाउँमा काम गरिरहेको छु ।

भविष्यमा कलाकारिता क्षेत्रमा मात्र लाग्ने कि, अहिले जस्तै दुबै क्षेत्रलाई सँँगै लैजाने योजना छ ?

मैले अघि नै भनिसके नी , व्यवसाय मेरो रोजीरोटी हो, संगीत आनन्दसँग रमाउने क्षेत्र भनेर । दुबै क्षेत्रमा सक्रिय हुने योजना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित