FLASH NEWS
  • Loading...

बहराइनबाट ११ लाख सहयोग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

म्याग्दी, ४ वैशाख । बहराइनमा रहेका म्याग्देलीले जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको सहयोग अभियानमा रु ११ लाख सहयोग गरेका छन् ।

म्याग्दी उद्धार समितिको विशेष कार्यक्रममा सहभागी हुन कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, अध्यक्ष राजेश शाक्य र सचिव लोकेश पुनको टोली बहराइन पुगेको थियो । सोही टोलीलाई बहराइनमा रहेका म्याग्देलीले रु ११ लाख सहयोग गरेका कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

आर्थिकरुपमा विपन्नलाई उपचारका लागि सहयोग गर्दै आएको कोषले रु डेढ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखेको छ । २०७१ सालमा स्थापना भएको संस्थाले हालसम्म ३५ जनाभन्दा धेरैको उपचारका लागि सहयोग गरिसकेको छ । बहराइनबाट सहयोग गर्ने म्याग्दीका मनकारीले संस्थाको पवित्र उद्देश्यलाई सफल पार्नका लागि आफूहरूले आर्थिक सहयोग गरेको बताएका छन् ।

प्रतिव्यक्ति रु छ हजारदेखि एक लाखभन्दा धेरै सहयोग प्राप्त भएको कोषका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार बहराइनबाट प्राप्त सहयोगले आगामी दिनमा कोषको लक्ष्य हासिल गर्नका लागि थप प्रेरणा मिलेको छ । म्याग्दी उद्धार समिति बहराइनका अध्यक्ष तेजेन्द्र थापाले आगामी दिनमा पनि आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित