FLASH NEWS
  • Loading...

मुलुकको विकासका लागि दल एकताबद्ध हुनुपर्छ – सभामुख

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

;efd’v ;~rf/sdL{;Fu
;efd’v cf]g;/L 3tL{ z’qmaf/ a:g] elgPsf] Joj:yflks–;+;bsf] a}7s :ylut ePkl5 ;~rf/sdL{;Fu s’/f ub}{ . tl:a/ M /Tg >]i7, /f;;


काठमाडौँ, ४ वैशाख । सभामुख ओनसरी घर्तीले मुलुकको विकास र समृद्धिका लागि एबताबद्ध भएर अगाडि बढ्न दलहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाल सद्भावना पार्टीको २८ औँ स्थापना दिवस, गजेन्द्र जयन्ती तथा पार्टी महासमिति उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्नका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प छैन् ।’

सभामुख घर्तीले संविधान जारी भइसकेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै मुलुकको आर्थिक विकासका लागि दलहरु एकताबद्ध भएर अगाडि बढाउनुपर्नेमा जोड दिदैं व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्नसमेत आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन सबै राजनीतिक दललाई आग्रह गर्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलले उठाएका मागलाई सरकारले सम्बोधन नगरेसम्म स्थानीय तहको निर्वाचनमा सहभागी नहुने बताउनुभयो । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका नाममा मधेसवादी दलमाथि षड्यन्त्र गरिएको आरोप लगाउनुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठी र मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवलगायतले अधिकारका लागि मधेसवादी दल एकीकृत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा अवसरमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गर्नुभएको थियो । महासमिति बैठक यही ५ गतेसम्म हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित