FLASH NEWS
  • Loading...

तोकिएकै मितिमा निर्वाचन :उपप्रधानमन्त्री थापा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

pkk|wfgdGqL yfkf kf]v/fdf
pkk|wfg Pjd ;ª3Lo dfldnf tyf :yfgLo ljsf; dGqL sdn yfkf zlgaf/ lhNnf ;dGjo ;ldlt sf:sLåf/f kf]v/fdf cfof]lht :yfgLo txsf] ljsf; lgdf{0f / lgjf{rgaf/] hfgsf/L lnPkl5 ;Daf]wg ub}{ . tl:a/ M lgdbQ ;’j]bL, /f;;


भीमदत्तनगर, ४ वैशाख । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा यहाँका नगरपालिका र गाउँपालिकाका कार्यकारी अधिकृतहरुलाई आवश्यक निर्देशन दिँदै उपप्रधान तथा स्थानीय विकासमन्त्री थापाले निर्वाचनको तयारीमा दु्रत गतिमा जुट्न निर्देशनसमेत दिनुभयो ।

जिल्ला समन्वय समितिमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै जनशक्ति अभाव हुँदाहुँदै पनि कर्मचारीहरुले काम गरिरहेको बताउँदै उहाँले छिट्टै नयाँ संरचनाअनुसार कर्मचारी व्यवस्थापन गर्ने बताउनुभयो । “जनताको काममा सशक्त ढङ्गबाट जुट्नहोस्” – मन्त्री थापाले भन्नुभयो ।

निर्देशन कार्यक्रममा कञ्चनपुरका सात नगरपालिका र दुईवटा गाउँपालिकाका कार्यकारी प्रमुखहरुको उपस्थिति रहेको जिल्ला समन्वय समितिको कार्यालय, कञ्चनपुरका कार्यकारी सचिव प्रेम बोगटीले जानकारी दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री थापासहित राप्रपाको पार्टी नेतृत्व भीमदत्तनगर आइपुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित