FLASH NEWS
  • Loading...

राष्ट्रपति भण्डारी नयाँदिल्लीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

/fi6«klt e08f/LnfO{ labfO
/fi6«klt ljBfb]jL e08f/LnfO{ ;f]daf/ gofFlbNnL k|:yfg ug'{cl3 lqe’jg cGt/f{li6«o ljdfg:ynsf] cltljlzi6 sIfdf pk/fi6«klt gGbaxfb’/ k’g, k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú, ;efd’v cf]g;/L 3tL{, pkk|wfgdGqL Pjd ;+j}wflgs lgsfosf k|d’vnufotn] labfO ub}{ . tl:a/ M /Tg >]i7, /f;;


नयाँदिल्ली, ४ वैशाख । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा केहीबेर अघि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ । त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ जानुहुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित