FLASH NEWS
  • Loading...

सरकारले निर्वाचन गराएरै छाड्छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail


मोरङ, ६ वैशाख । सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रबहादुर कार्कीले सरकारको ध्यान वैशाख ३१ मै स्थानीय तहको निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनुभएको छ ।

मोरङको उर्लाबारीमा आज दिउँसो नेकपा (माओवादी केन्द्र) नगर कमिटीले आयोजना गरेको चुनावी प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेतासमेत रहनुभएका कार्कीले सरकारको अहिलेको प्राथमिकता निर्वाचन रहेको बताउनुभयो ।

केही शक्ति अहिले पनि निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको भन्दै मन्त्री कार्कीले भन्नुभयो, “निर्वाचनपछि गाउँगाउँमा अधिकार पुग्ने भएपछि निर्वाचन रोक्न खोजिदैछ । तर सरकारले जसरी भए पनि निर्वाचन गराएरै छाड्छ ।”

अहिले पनि मधेसी मोर्चालाई सहमतिमा ल्याएर एकैचरणमा निर्वाचन सम्पन्न गराउने प्रयास भइरहेको बताउँदै उहाँले मोर्चा सहमत भए संविधान संशोधन विधेयक संसद्मा निर्णयार्थ लैजान सरकार तयार रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित