FLASH NEWS
  • Loading...

पहिराले पुरिएर चारको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail

कालीकोट, ७ वैशाख । स्थानीय लालीघाट बजारमा आज साँझ आएको पहिराले एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–१ साबिक कुमालगाउँ गाविस–९का ४० वर्षीय गोर्ख सिकाल विक, घन सिकाल विक र १३ वर्षीया बास्कुरा सिकाल विक तथा सान्ने त्रिवेणी गाउँपालिका, मुम्रा निवासी टोपबहादुर केसी छन् ।

घटनामा सान्ने त्रिवेणी–३ की भावना देवकोटा रहेको प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । पहिराले चिया पसलमा चिया खान बसेकाहरु र पसल सञ्चालकको मृत्यु भएको हो ।

अस्थायी प्रहरी चौकी हुल्मका प्रहरी हवल्दार सुरेन्द्र थापाले अहिले पानी परिरहेको र पहिरो झर्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाइ भएको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित