FLASH NEWS
  • Loading...

कास्कीमा १३ दललाई राष्ट्रिय मान्यता प्राप्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail

पोखरा, १० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीमा राष्ट्रिय मान्यता प्राप्त दलका रुपमा १३ दलले मात्र भाग लिन पाउने भएका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालयमा दर्ता भएका २३ मध्ये १० दलले स्वतन्त्र भएर निर्वाचनमा भाग लिनुभएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रिय मान्यता प्राप्त १३ दलहरुमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा नेपाल, सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, नेकपा संयुक्त, तराई– मधेस लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी र अखण्ड नेपाल पार्टी छन् ।

त्यस्तै स्वतन्त्र भएर निर्वाचनमा भाग लिने दलमा राष्ट्रिय शिव सेना पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, विवेकशील नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, युनाइटेड ग्रीन अर्गनाईजेसन, नयां शक्ति पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी, देशभक्त समाज र नेकपा माले जनसमाजवादी छन् ।

निर्वाचन आयोगले छापेको ६ आकारका मतपत्रमध्ये कास्कीको मतपत्रमा ३६ लहरको हुने र राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले पाउने राष्ट्रिय चुनाव चिन्हबाहेक २३ वटा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह पुग्ने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित