FLASH NEWS
  • Loading...

छाता चिह्न पाउने सम्भावना छैन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

Ayodhi Prasad Yadav, nominated for the position of Chief Election Officer, faces the parliamentary hearing, in Kathmandu, on Friday, July 8, 2016. Photo: RSS


बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन ।” प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शङ्का नगर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित हुनुहँुदैन भन्नुभयो ।

नेपाली काँग्रेस, काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दुर्गम क्षेत्रमा विविध कारणवश अझै पनि मतदान गर्ने अवसरबाट मतदाता वञ्चित भएको बताउनुभयो । नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले दोस्रो चरणको निर्वाचन नै आचारसंहिता विपरीत भएको आरोप लगाउनुभयो ।

काभ्रेपलाञ्चोकका प्रमुख निर्वाचन अधिकृत मोदिनीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता विपरीत काम भए त्यो जोखिमपूर्ण र प्रत्युत्पादक हुने चेतावनी दिँदै आचारसंहिता उल्लङ्घन गरेर चुनाव नजितौँ भन्नुभयो । निर्वाचन आयोगका सहसचिव नवराज ढकालले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै मतदाता शिक्षालाई व्यापक बनाइएको बताउनुभयो । सो अवसरमा आचारसंहिता, पर्यवेक्षणलगायत विभिन्न विषयमा आएका विभिन्न प्रश्नको प्रमुख निर्वाचन आयुक्त यादवले जिज्ञासा मेटाउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित