FLASH NEWS
  • Loading...

ताकममा मोबाइल टावर

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


म्याग्दी, १६ वैशाख । धौलागिरि गाउँपालिका–७ ताकममा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर शुक्रबारदेखि सेवा विस्तार गरेको छ । साबिक ताकम गाविस–९ काफलडाँडामा रहेको टावर सञ्चालनमा आएपछि ताकम, देवीस्थान, मुना, मुदी, खिवाङ, मराङ, धारापानी, बिमलगायत गाउँमा टेलिकमको सेवा विस्तार भएको हो ।

यसअघि मोबाइल टावर नहुँदा ताकम र आसपासका क्षेत्रका मोबाइल फोन प्रयोगकर्तालाई सञ्चार सुविधा उपभोग गर्न समस्या भएको थियो । सौर्य ऊर्जामार्फत टावर सञ्चालन गरिएको टेलिकम शाखा प्रमुख विष्णुदेव शाहले बताउनुभयो ।

टावरका उपकरण राख्नका लागि साबिक ताकम गाविसको आर्थिक सहयोगमा काफलडाँडा र ताकमका बासिन्दाले श्रमदान गरेर भवन बनाएका थिए । टेलिकमले दाना, अर्मन र पाखापानीमा समेत मोबाइल टावर सञ्चालन गर्ने तयारी गरेको छ । पन्ध्र टावरबाट थ्रिजी सेवा सञ्चालन गरेको टेलिकमले यस वर्ष म्याग्दीमा सात नयाँ मोबाइल टावर स्थापना गरेर सेवा विस्तार गर्न लागेको शाखा प्रमुख शाहले बताउनुभयो ।

दुई वर्षअघिको भूकम्पका कारण क्षति पुगेका जिल्लाका नौ विद्यालयका भवन पुनःनिर्माण भएको छ ।

जिल्ला शिक्षा कार्यालयको सहयोगमा छ वटा दुईकोठे र तीन वटा तीनकोठे कक्षा कोठा पुनःनिर्माण भएको हो । थप पाँच विद्यालय भवन योजनाको भौतिक निर्माण सम्पन्न भई फरफारक गर्ने क्रममा रहेको छ ।

त्रिचालिस दुईकोठे, छ तीनकोठे, दुई आठकोठे र सात चारकोठे भवन यसै वर्षभित्र पुनःनिर्माण गरिने लक्ष्य रहेको कार्यालयका सब–इन्जिनियर रामजय यादवले बताउनुभयो ।

कार्यालयले फर्निचरसहित दुईकोठे भवन निर्माणका लागि रु १३ लाख ५० हजार र तीनकोठेलाई रु १९ लाख ५० हजारका दरले अनुदान दिएको थियो ।
आगामी असारमा सम्पन्न गर्नुपर्ने भए पनि दग्नामको जनता मावि र मलम्परको विद्यालयमा भने अझै काम सुरु भएको छैन । पूर्वाधार योजना समयमा सम्पन्न नगर्ने विद्यालयको खाता रोक्का गरिने जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित