FLASH NEWS
  • Loading...

उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

पोखरा, १६ वैशाख । स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिनुभएको छ ।

नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा पर्नुभएका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिनुभएको छ ।

उहाँ सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आउनुभएको थियो । काँग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उहाँसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित