FLASH NEWS
  • Loading...

उम्मेदवारको छनौट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail

कैलाली, १६ वैशाख । नेकपा माओवादी केन्द्र कैलालीले जिल्लाका सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवारको टुङ्गो लगाएको छ ।

केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुखमा रामसमझ राना र उपप्रमुखमा शान्तिकुमारी अधिकारीलाई छनौट गरेको छ ।

टीकापुर नगरपालिकाको प्रमुखमा ललित थापाको उम्मेदवारी घोषणा भए पनि उपप्रमुखमा भने टुङ्गो लगाउन बाँकी रहेको केन्द्रले जानकारी दिएको छ ।

लम्कीचुहा नगरपालिकामा प्रमुखमा दलबहादुर विष्ट र उपप्रमुखमा धनादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । त्यस्तै गोदावरी नगरपालिकाको प्रमुखमा गोकर्ण भट्टलाई, उपप्रमुखमा शोभा नेपाली, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर चौधरीेलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखकोे टुङ्गो लागिनसकेको माओवादी केन्द्रले जनाएको छ ।

यसैगरी गौरीगङ्गा नगरपालिकाको प्रमुखमा देविदत्त कँडेल, उपप्रमुखमा करुणा चौधरी, घोडाघोडी नगरपालिकाको प्रमुख र उपप्रमुखमा लक्ष्मण चौधरी र दुर्गा चलाउने, चुरे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः किसन सिंह साउद र डिलादेवी सिजापतिलाई अगाडि सारेको छ ।

वर्दगोरिया गाउँपालिकाको अध्यक्षमा गणेश गिरी र उपाध्यक्षमा भगवती चौधरी, मोहन्याल गाउँपालिकामा धर्मबहादुर थापा र जानकारी भण्डारी,कैलारी गाउँपालिकामा लाजुराम चौधरी र लक्ष्मी चौधरीलाई क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएको केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित