FLASH NEWS
  • Loading...

दक्षिणकाली नगरपालिकामा उम्मेदवारी दर्ता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २० वैशाख । काठमाडाँैको दक्षिणकाली नगरपालिकाको प्रमुखमा १० र उपप्रमुखमा पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

दक्षिणकाली नगरपालिकाका निर्वाचन अधिकृत प्रतिमा पोखरेलका अनुसार, प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनुहुनेमा क्रमशः नेपाली काँङ्ग्रेसबाट मोहन बस्नेत र बसन्ती लामा, नेकपा (एमाले)बाट शशी शर्मा आर्याल र मीरा महर्जन तथा नेकपा (माओवादी केन्द्र)बाट सन्दीप लामा र कमला बोहरा क्षेत्री रहेका छन् ।

यसैगरी टोखा नगरपालिकामा २५५ जना उम्मेदवारको मनोनयन परेको छ । टोखाका निर्वाचन अधिकृत दिनवन्धु वरालकाअनुसार प्रमुखमा १४ र उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रमुख पदमा उम्मेदवारी गराउनेमा काङग्रेसबाट हरिहर अधिकारी, एमालेबाट प्रकाश अधिकारी र नेकपा माओवादी केन्द्रबाट कल्पना शर्मा रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित