FLASH NEWS
  • Loading...

विदुर र बेलकोटगढीका उम्मेदवार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८२ पटक पढिएको
Post Thumbnail

नुवाकोट, २० वैशाख । स्थानीय तह निर्वाचनका लागि नुवाकोटको दुई नगरपालिका र १० गाउँपालिकामा उम्मेदवारको मनोनयन दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलबाट र केहीले स्वतन्त्र उम्मेदवार पनि दर्ता गराएका छन् ।

विदुर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा ध्रुव अधिकारी र उपप्रमुखमा गीता अमात्य, एमालेका तर्फबाट प्रमुखमा सन्जु पण्डित र उपप्रमुखमा गीता दाहाल, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा सुभद्रा नेपाल तथा नयाँ शक्तिका तर्फबाट प्रमुखमा नवराज ढुङ्गानाले मनोनयन दर्ता गराउनुभएको छ ।

बेलकोटगढी नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा प्रताप लामा र उपप्रमुखमा हीरा पाण्डे, एमालेका तर्फबाट प्रमुखमा राजेन्द्ररमण खनाल र उपप्रमुखमा रुपा सापकोटा तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा जगतबहादुर गुरुङ र उपप्रमुखमा कविता ढुङ्गानाले मनोनयन दर्ता गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित