FLASH NEWS
  • Loading...

सुर्खेतमा कहाँ को को उम्मेदवार

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७१ पटक पढिएको
Post Thumbnail

सुर्खेत, २० वैशाख । सुर्खेतका विभिन्न गाउँपालिका र नगरपालिकामा पनि मनोनयन दर्ता भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा देवकुमार सुवेदी र उपप्रमुख जानकी सिंह, एमालेका तर्फबाट प्रमुखमा बालाराम शर्मा र उपप्रमुखमा मोहनमाया ढकाल, माओवादी केन्द्रका तर्फबाट प्रमुखमा रत्न गाहा र उपप्रमुखमा हरिमाया शर्मा, राप्रपाका तर्फबाट प्रमुखमा इश्वर श्रेष्ठ र उपप्रमुख टीका योगी तथा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दाहालले प्रमुख र भोजप्रसाद चपाईंले उपप्रमुख पदमा मनोनयन दर्ता गराउनुभएको छ ।

त्यस्तै गुर्भाकोट नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा हस्त पुन र उपप्रमुख मैना विक, एमालेका तर्फबाट प्रमुखमा देवबहादुर खत्री र उपप्रमुख सुशीला विक तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा हिराबहादुर थापा र उपप्रमुखमा नन्दकली विकले मनोनयन दर्ता गराउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी भेरीगङ्गा नगरपालिकामा काँग्रेसका तर्फबाट प्रमुखमा भूपेन्द्रबहादुर चन्द र उपप्रमुखमा रेणु ढकाल, एमालेका तर्फबाट प्रमुखमा यज्ञप्रसाद ढकाल, उपप्रमुखमा चन्द्रा आचार्य तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा कृष्णप्रसाद गिरि र उपप्रमुखमा डिलसरा थापाले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै पञ्चपुरी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उपेन्द्रबहादुर थापा र उपप्रमुखमा मुक्तिदेवी पुरी, एमालेबाट प्रमुखमा मनबहादुर विक र उपप्रमुख राजकुमारी तिवारी तथा माओवादी केन्द्रका तर्फबाट प्रमुखमा धनबहादुर थापा र उपप्रमुखमा सीता पाण्डेले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी लेकबेँसी नगरपालिकामा काँग्रेसबाट प्रमुखमा उमेश पौडेल र उपप्रमुखमा डिलमती विक, एमालेबाट प्रमुखमा गगनसिं सुनार र उपप्रमुखमा शान्तिकुमारी छन्तेल तथा माओवादी केन्द्रबाट प्रमुखमा खड्कबहादुर घर्ती र उपप्रमुख आरती विकले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

चौकुने गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा गजराज जोशी र उपाध्यक्षमा रेणु राना, एमालेबाट अध्यक्षमा धिरबहादुर शाही र उपाध्यक्ष निर्मला रानामगर तथा माओवादी केन्द्रबाट अध्यक्षमा खड्कबहादुर विक र उपाध्यक्षमा बिमला जिसीले मनोनयन दर्ता गराउनुभएको छ ।

बराहताल गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा तेजबहादुर बस्नेत र उपाध्यक्षमा शोभा शर्मा, एमालेबाट अध्यक्षमा ताराकेशर गौतम तथा माओवादी केन्द्रबाट अध्यक्षमा बलबहादुर कठायत, उपाध्यक्षमा गोमा गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै सिम्ता गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा खड्ग पोखरेल, एमालेबाट अध्यक्षमा कविन्द्रकुमार केसी र उपाध्यक्ष चन्द्रकला शाही तथा माओवादी केन्द्रबाट अध्यक्षमा झुपबहादुर बुढा र उपाध्यक्ष चन्द्रकला खत्रीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी चिङ्गाड गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य, एमालेबाट अध्यक्षमा बखत खत्री र उपाध्यक्ष दीपा राना तथा माओवादी केन्द्रबाट अध्यक्षमा बोधविक्रम जिसी र उपाध्यक्षमा तेजकुमारी रानाले मनोनयन दर्ता गराउनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित