FLASH NEWS
  • Loading...

काँग्रेसका दस उम्मेदवार निर्विरोध

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail


म्याग्दी, २० वैशाख । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलवार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा रघुगङ्गा गाउँपालिका–४ को वडा अध्यक्षमा एकबहादुर गर्वुजा र सदस्यमा कृष्ण गर्बुजा, धनप्रसाद गर्वुजा, सविता पुन र सविता वर्देवा रहेको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

त्यसैगरी सोही गाउँपालिकाको वडा नं ७ कुइनेमङ्गलेमा तीनजना सदस्य, त्यसैगरी वडा नं ५ पाखापानीबाट एकजना महिला सदस्य र वडा नं १ बेगबाट एकजना दलित सदस्य गरी एक वडा अध्यक्षसहित १० जना सदस्यहरू निर्विरोध निर्वाचित भएका नेपाली कांग्रेस म्याग्दीका प्रचार विभाग प्रमुख अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित