FLASH NEWS
  • Loading...

नवलपरासीमा तीन स्थानिय तहमा प्रमुख पदमा महिला

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४९ पटक पढिएको
Post Thumbnail

नवलपरासी २० वैशाख । नवलपरासी जिल्लामा पहिलो चरणमा निर्वाचन हुने आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा प्रमुख पदमा महिला उम्मेदवार बनेका छन् ।

पहिलो चरणमा स्थानीय तहको निर्वाचन हुने नवलपरासीको प्रदेश नं ४ अन्तर्गतका आठवटा स्थानीय तहमध्ये तीनवटा तहमा मुख्य प्रमुख पदमा महिला उम्मेदवार बनेका हुन् । विशेषगरी जिल्लाको कावासोती नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट चन्दा पुनः नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको छ ।

यता जिल्लाको हुप्सेकोट गाउँपालिकाबाट नेपाली काँगे्रसबाट गाउँपालिकाको अध्यक्ष पदमा लक्ष्मी पाण्डे उम्मेदवार बन्नुभएको छ । यसैगरी, मध्यविन्दुु नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट सुष्मा खनाल नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको छ । निर्वाचन हुने अन्य सबै नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा राजनीतिक दलबाट पुरुष उम्मेदवार बनेका छन् भने उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएको अवस्था छ ।

नवलपरासीमा हाल कायम १५ वटा स्थानीय तहमध्ये पहिलो चरणमा आठवटा स्थानीय तहमा मात्र निर्वाचन हँुदैछ । बाँकी सात स्थानीय तहमा दोस्रो चरणमा निर्वाचन हुनेछ । कायम भएका १५ वटा स्थानीय तहमध्ये प्रदेश नं ४ मा पर्ने आठवटा स्थानीय तहमा पहिलो चरणमा निर्वाचन हुनेछ जसमध्ये चार नगरपालिकामा र चारवटा गाउँपालिकामा निर्वाचन हुनेछ ।

यसअनुसार पहिलो चरणमा निर्वाचन हुनेमध्ये नगरपालिकातर्फ गँैडाकोट, देवचुली, कावासोती र मध्यविन्दुमा निर्वाचन हुनेछ भने गाउँपालिकातर्फ बुलिङटार, बुङ्गदीकाली, हुप्सेकोट र विनयी त्रिवेणी रहेका छन् । नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ छसय पाँच र गाउँसभातर्फ दुईसय ९२ जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चुडाविक्रम शाहीले जानकारी दिनुभयो । नवलपरासीमा कुल तीनलाख ६९ हजार आठसय ९४ मतदाता सङ्ख्या रहेको छ ।

यसैगरी, आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा दुईसय ३२ मतदानस्थल र चार सय ८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दल दर्ता छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित