FLASH NEWS
  • Loading...

उम्मेदवारलाई भोट दिनुहोस् नोट होइन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


काठमाडौँ, २० वैशाख । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयनपछि निर्वाचनको वातावरण फागुपूर्णिमा पर्वजस्तो रङ्गीचङ्गी र उत्साहित बनेको बताउनुभएको छ ।
बहिरा नागरिकका लागि स्थानीय निर्वाचनसम्बन्धी आज यहाँ आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा उहाँले मङ्गलबारको मनोनयनपछि आज बिहानदेखि नै उम्मेदवारहरू निकै उत्साहपूर्वक र खुसीयालीका साथ झन्डा र चुनाव चिह्नसहित निर्वाचन प्रचारप्रसारमा जुटिसकेको जानकारी दिनुभयो ।

सामाजिक र सांस्कृतिक रुपमा मिलेर बसेको हाम्रो समाजमा निर्वाचन प्रचारप्रसारको क्रममा एक अर्कामा होच्याउने र अवहेलना गर्ने कार्य नगर्न सबै उम्मेदवार र राजनीतिक दललाई आग्रह गर्दे उहाँले भन्नुभयो– “उम्मेदवारी दर्ता गर्नुअघि भगवानसँग आशिर्वाद लिएर जानुभएको छ, अब उहाँहरुले कानुनको बर्खिलाप गर्नुहुन्छ भने लाग्दैन ।”

उम्मेदवारलाई निर्वाचन कानुन, नियम र आचारसंहिताको पालना गराउन अरुले पनि दबाब दिनुपर्छ भन्दै उहाँले अहिले नै कानुनको उल्लङ्घन गर्नुहुन्छ, भने निर्वाचित भएपछि झन कसरी पालना गर्नुहुन्छ भनी प्रश्न सोध्न सुझाव दिनुभयो ।

निर्वाचनको बेलामा उम्मेदवारले ‘भोट र नोट’ दुबै माग्न सक्नेतर्फ इङ्गित गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो–‘‘निर्वाचनको बेला उम्मेदवारलाई एक मुठ्ठी चामल पनि नदिनुहोला, एउटा भोटसँगै कतिपयले नोट पनि माग्ने गर्दछन्, त्यस अवस्थामा भोट दिन्छौँं, नोट दिदँैनांै स्पष्टसँग भन्नुहोला ।’’
निर्वाचनको वातावरण र सुनिश्चिताका लागि अतुलनीय योगदन पु¥याएको भनी आमसञ्चार माध्यमको प्रशंसा गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले राजनीतिक दल र उम्मेदवारले निर्वाचनको प्रचारप्रसारको क्रममा हुनसक्ने तडकभडक र आचारसंहिताको पालना गरे÷नगरेको बारे अनुगमन र निगरानी गर्न सुझाव दिनुभयो ।

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले बाजागाजासहित शान्तिपूर्ण र उत्साहितरुपमा भएको उम्मेदवारी मनोनयन दर्ताले निर्वाचनसम्बन्धी सबै द्विविधालाई शान्त पारेको छ भन्नुभयो । आयोगका सहसचिव नवराज ढकालले राजनीतिक दल र नागरिक समाजको सहभागितामा सहज, शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा भएको मनोनयनले लोकतान्त्रिक युगको नयाँ सुरुवात भएको सङ्केत गरेको छ भन्नुभयो ।

नेपाल राष्ट्रिय बहिरा सङ्घका अध्यक्ष रामप्रसाद पन्तले निर्वाचनसम्बन्धी संशय समाप्त भएकाले निर्वाचन आचारसंहिताको परिधिभित्र रहेर मतदातालाई मतदानमा किन भाग लिनुपर्छ भनेर प्रेरित गर्ने काममा सबै तह र तप्का लाग्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा ३८ जिल्लाबाट आएका बहिरा प्रतिनिधिको सहभागिता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित