FLASH NEWS
  • Loading...

पशु बिमामा आकर्षण

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११५ पटक पढिएको
Post Thumbnail


रोल्पा, २० वैशाख । रोल्पाका पशुपालक कृषकमा बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा हालसम्म तीन सय ९३ कृषकले एक हजार एक सय २६ पशुमा बिमा गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

यसरी बिमा भएका पशुमा ५७ किसानका ६७ वटा गाई, २६ किसानका २९ वटा भैँसी, नौ किसानका १६ वटा गोरु, दुई सय ९६ किसानका एक हजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिनुभयो ।

विभिन्न प्राकृतिक प्रकोप तथा रोगबाट पशु मरेमा बिमाको ९० प्रतिशतसम्म रकम किसानले पाउने हुँदा जिल्लाका साविक शिर्प, उवा र थवाङ बाहेक सबै गाविसका किसानले पशु बिमा गरेका उहाँले बताउनुभयो । हालसम्म जिल्लामा बिमा गरेका ११ पशु मरेको र त्यसको बिमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिनुभयो । पशु बिमाको अवधि एकवर्ष हुने बताइएको छ ।

बाली बिमाप्रति भने किसानको अझै आकर्षण देखिएको छैन । कृषकको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बिमा कार्यक्रम लागू गरे पनि जिल्लामा हालसम्म एकजनाले पनि बिमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताउनुभयो ।

बाली बिमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुनसक्छ निकट भविष्यमा नै बाली बिमाबारे जानकारी गाउने सोच बनाएका छाँै उहाँले भन्नुभयो । जिल्लाका गैरीगाउँ र बुढागाउँका कृषकले गोलभेँडामा र जीनावाङका कृषकले स्याउखेतीमा बिमा गर्न थालेकाले धेरै भन्दा धेरै कृषकलाई बिमाको पहुँचमा ल्याउने गरी काम गर्ने अधिकृत श्रेष्ठले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित