FLASH NEWS
  • Loading...

दार्चुलामा यार्सा सङ्कलन अनुमतिपत्र वितरण सुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


दार्चुला, २० वैशाख । यार्सागुम्बा सङ्कलन गर्न सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा बुधबारदेखि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा सङ्कलन अनुमतिपत्र दिन थालेको छ ।

सो कार्यालयले बुधबारदेखि यार्सा सङ्कलकलाई सो क्षेत्रमा प्रवेश गर्न अनुमतिपत्र दिन सुरु गरेको हो । कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हालै जारी गरेको यार्सा व्यवस्थापन निर्देशिका बमोजिम जिल्लामा यार्सा सङ्कलन गरिने बताउनुभयो ।

विभागले जारी गरेको निर्देशिकाअनुसार दार्चुलामा यसवर्ष यार्सा सङ्कलनका लागि प्रक्रिया नपु¥याएर हिँडेकालाई प्रक्रियागत ढङ्गबाट सङ्कलन गर्न जान आग्रहसहित सूचना जारी गरेको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत उपाध्यायले रासससित भन्नुभयो, केही दिनपछि यार्सा पाइने क्षेत्रमा पुगेर पनि अनुमतिपत्र दिनेछौँ ।

गत आर्थिक वर्षमा दार्चुलाबाट सात क्वीन्टल यार्सागुम्बा निकासी भएको सोे कार्यालयले जनाएको छ । आठ हजार चार सय ८८ जनाले सङ्कलन अनुमतिपत्र लिएर यार्सा सङ्कलन गरेको रेकर्ड छ ।साढे आठ क्वीन्टल यार्सा गतवर्ष सङ्कलन भए पनि जिल्लाबाहिर सात क्वीन्टल निर्यात भएको देखिन्छ । व्यापारी तथा यार्सा सङ्कलकले सङ्कलित यार्सा बिक्री वितरण तथा पैठारी गर्न जिल्ला वन कार्यालयबाट प्रतिकिलो यार्साको रु २५ हजार राजस्व बुझाएर छुटपुर्जी लिनुपर्ने प्रावधान छ ।

सङ्कलकबाट यार्सा व्यापारीले १२ देखि १५ लाख रुपैयाँ प्रतिकोलोमा खरिद गर्छन् , भने रु २०÷२२ लाख प्रतिकिलोका दरले बिक्री वितरण गर्ने गरेको भेटिएको छ । दार्चुलाको उच्च हिमाली भेग घुसा, खण्डेश्वरी, तितला, गुल्जर, ब्यास, राप्लालगायतका उच्च हिमाली भेग यार्सा सङ्कलन गरिन्छ ।

त्यसैगरी यार्सा पाइने सुदूरपश्चिमको अर्को जिल्ला बझाङमा भने यार्सा सङ्कलनका लागि जेठको पहिलो साताबाट सङ्कलन अनुमतिपत्र दिने बझाङ जिल्ला वन कार्यालयले तयारी गरेको छ । जिल्ला वन अधिकृत अशोककुमार श्रेष्ठले बझाङमा हालसम्म सङ्कलनका लागि स्थानीयवासी त्यसतर्फ नगएको जानकारी दिनुभयो ।

जेठको पहिलो सातादेखि सङ्कलनका लागि जान अनुमति दिने कुरो भएको वन अधिकृत श्रेष्ठले बताउनुभयो । उहाँले गतवर्ष बझाङमा साढे तीन क्वीन्टल यार्सागुम्बा सङ्कलन भएको जानकारी दिनुभयो । बझाङको उच्च हिमाली भेग काँडा, धमेना, सुर्मा, लगायतका क्षेत्रमा यार्सा सङ्कलन गरिन्छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित