FLASH NEWS
  • Loading...

कागेश्वरी मनोहरामा एमाले उमेदवारको घरदैलो अभियान सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail

काठमाडौ, २१ बैशाख– कागेश्वरी मनोहरा नगरपालिकामा एमालेका मेयर,उपमेयर, वडा अध्यक्ष र सदस्य उमेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । कागेश्वरी मनोहरा नपामा एमालेबाट मेयरमा कृष्णहरि थापा र उपमेयरमा बिन्दु सिंखडाले प्रतिस्पर्धा गर्दै छन् ।
मेयर उमेदवार थापा र उपमेयरकी सिंखडाले बुधवारदेखि नै घरदैलो अभियान थालिसकेका छन् । उनीहरुले पहिलो दिन नगरपालिकाको १ नम्बर वडा अन्तरगत पर्ने गागलफेदीका विभिन्न ठाउँमा घर दैलो तथा मतदाता भेटघाट गरेका थिए । उनीहरुले बिहीवार वडा नं ३ मा पर्ने भद्रबासमा घर घरमा पुगेर मत मागे ।


कागेश्वरी मनोहरा नगरपालिकामा वडा नम्बर १ मा मुकन्द गजुरेल, २ मा रामशरण पुयाँल, ३ मा राममणि पुडासैनी, ४ मा धनबहादुर श्रेष्ठ। ५ मा राजाराम पुडासैनी, ६ मा प्रकाश फुयाँल, ७ मा शैलेन्द्र रायमाझी, ८ मा श्रीकृष्णप्रसाद चापागाई र ९ मा कुन्दन खड्काले प्रतिस्पर्धा गर्दै छन् । वडा अध्यक्ष तथा सदस्य उमेदवारहरुले पनि बुधवारदेखि नै घर दैलो अभियान थालेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकामा २७ हजार ९ सय २४ मतदाता छ । उक्त नगरपालिकामा एमाले र नेपाली काँग्रेसका उमेदवारबीच प्रतिस्पर्धा हुने अवस्था छ । उक्त पालिकामा अन्य दलको तुलनामा एमाले बलियो देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित