FLASH NEWS
  • Loading...

नौ जनाको उम्मेदवारी फिर्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, २१ वैशाख । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये पाँच वडाध्यक्ष र चार सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालका अनुसार कामपा –३२ मा राप्रपाका उम्मेदवार मीना गिरी, तथा स्वतन्त्र उम्मेदवार वडा नं ११ का रितेश केसी, वडा नं १६ का रवीन्द्रकुमार श्रेष्ठ, वडा नं ७ का कैलाश गड्तौला र वडा नं ९ का सुवास ढकालले अध्यक्षको उम्मेदवारी फिर्ता लिनुभएको हो ।
त्यसैगरी कामपा–५ बाट राजु डङ्गोल, वडा नं १६ बाट सुशीला मानन्धर, वडा नं ३१ बाट गणेशकुमार श्रेष्ठ र वडा नं ११ बाट पवनजङ्ग ठकुरीले सदस्य पदको उम्मेदवारी फिर्ता लिनुभएको छ ।

कामपामा एक सय ६२ पदका लागि राजनीतिक दल र स्वतन्त्र गरी आठ उसय ८७ जनाको उम्मेदवारी परेको थियो । महानगर प्रमुखमा २८, उपप्रमुखमा १३ तथा वडााध्यक्ष र सदस्यमा आठ सय ४६ को उम्मेदवारी परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित