FLASH NEWS
  • Loading...

अर्थमन्त्री महरा योकोहामामा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


योकोहामा (जापान), २२ वैशाख । एसियाली विकास बैंक (एडिबी) सञ्चालक समितिको ५०औँ बैठकमा भाग लिन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा आज बिहान यहाँ आइपुग्नुभयो ।

उपप्रधानमन्त्री महरा नेतृत्वको प्रतिनिधिमण्डललाई हेनेदा अन्तर्राष्ट्रिय विमानस्थलमा टोकियोस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले स्वागत गर्नुभयो ।

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, सोही मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्याललगायत हुनुहुन्छ ।

उपप्रधानमन्त्री महराले आज जापानको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (जाइका)का उपाध्यक्षसँग आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम छ ।

आजै उहाँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका अर्थमन्त्रीहरुको बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकमा भाग लिन सार्कका महासचिव अमजद हुसेन बी सियाललगायत सार्क सचिवालयका उच्च पदाधिकारी पनि योकोहामा आइपुग्नुभएको छ ।

बैठकमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा), अन्तरक्षेत्रीय व्यापार तथा लगानी प्रवद्र्धनलगायत विषयमा छलफल हुने सार्क सचिवालयका एकजना अधिकारीले राससलाई बताउनुभयो ।

यसैबीच एडिबीका उच्च अधिकारीहरुको गएराति सम्पन्न बैठकमा नेपाललाई आगामी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुकका रुपमा स्तरोन्नति गर्न एडिबीलगायत विकासका अन्य साझेदारले सहयोगको मात्रा बढाउनुपर्नेमा नेपालले जोड दिएको छ ।

थाइल्यान्ड, म्यान्मा, सिङ्गापुर, ब्रुनाई, मलेसियाका उच्चअधिकारी सम्मिलित उक्त बैठकमा नेपालले दिगो विकासका लक्ष्य हासिल गर्न तथा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन आफूले आग्रह गरेको नेपाली प्रतिनिधिमण्डलका नेता अर्यालले जानकारी दिनुभयो ।

बैठकमा एडिबीको रणनीतिक साझेदारी र नीति, निजी क्षेत्रसँगको सहकार्य, दक्षिण एसियाको समृद्धिमा एडिबीको भूमिकाबारे पनि छलफल भएको उहाँले बताउनुभयो । एसिया–प्रशान्त क्षेत्रको आर्थिक विकासमा सघाउने उद्देश्यले ५० वर्षअघि स्थापना भएको एडिबी बहुपक्षीय क्षेत्रीय बैंक हो । नेपाल एडिबीको संस्थापक सदस्य देश हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित