FLASH NEWS
  • Loading...

काभ्रेपलाञ्चोकमा २६ जनाको उम्मेदवारी फिर्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

बनेपा, २२ वैशाख । काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, धुलिखेलकाअनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको सङख्या अझै बढ्ने जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताउनुभयोे ।

जिल्लामा कुल दुई हजार ७४० जनाले विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए । छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता सङख्या रहेको छ भने १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित